डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । उनलाई आइतबार बिहान बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  एआईजी रविन्द्र केसीले राजीनामा दिएका थिए ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार