ओली फेरि संसद विघटनको बाटोमा छन् : अग्नि सापकोटा

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’

सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको जिकिर छ । सरकार असफल सावित भएको टिप्पणी गर्दै सापकोटाले अहिले संसद कामविहीन देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार