दाङमा विश्वको ठूलो त्रिशुल

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशुल हो ।

पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र ५५.५ फिट उचाइ रहेको त्रिशुल हेर्नका लागि दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।

महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार