पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानुन र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा उनले पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा भइरहेका गतिविधिबारे आपत्ति जनाए।

ताप्लेजुङका सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताए। ‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन। त्यस आधारमै काम अगाडि बढाएको हो’, उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ। तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ ।’

उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार