सत्तारूढ नेतामाथि पनि सहकारी ठगी छानबिन गराैं: डिपी अर्याल

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा सत्तारूढ दलका नेताहरूलाई पनि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ। आइतबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै रास्वपा उपसभापति डोल प्रसाद (डिपी) अर्यालले नीति र विधिअनुसार निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरे।

‘दुई दलको दम्भले होइन, नीति र विधिबाट छानबिन गरौं। आफ्नालाई जोगाउने प्रयास नगर, त्यसपछि थाहा हुन्छ हामीले किन छानबिनको माग गरेका हौं,’ उनले भने।

अर्यालले राज्यका उच्च पदमा पुगेका वर्तमान र पूर्व नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्ने माग पनि राखे। ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीले नै यस्तो आयोग बनाउनुपर्छ,’ उनले भने। तर, सरकार सत्तारूढ दलका नेताहरूलाई जोगाउने प्रयासमा केन्द्रित रहेको उनको आरोप छ।

उनका अनुसार सहकारी प्रकरणमा प्रतिशोध मात्र लिइएको हो वा सत्यतथ्य के हो भन्ने कुरा सत्तारूढ नेताहरूलाई पनि छानबिन गरेपछि मात्रै स्पष्ट हुनेछ। ‘हाम्रा सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भइरहेको छ, तर सत्तारूढ दलका नेताहरू उन्मुक्त छन्’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार