सोमबारबाट फेरि अण्डाको मूल्य बढ्ने

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : सोमबारबाट बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। सोमबारबाट लागु हुने गरी मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। ‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका छौं,’ उनले भने।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ। अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ। यो किसानले पाउने मूल्य हो। उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाउने संघले बताएको छ।

खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार