प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले म्यानचेस्टर सिटीमाथि सहज जित निकालेको छ।

गएराति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा लिभरपुरले २–० को सहज निकालेको हो। जितसँगै शीर्षस्थानको लिभरपुलले ११ अंकको स्पष्ट अग्रता बनाएको छ। योसँगै लिभरपुल २० औँ इङलिस उपाधि जित्नका लागि तयार देखिएको हो। लिभरपुलले २७ खेलबाट ६४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ।

सिटीविरुद्धको खेलमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाइको प्रर्दशन उच्च रह्यो। लिभरपुलका दुवै गोलमा यी दुई खेलाडीको भूमिका विशेष रह्यो। खेलको १४ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। सलाहले डोमिनिकको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको ३७ औँ मिनेटमा डोमिनिकको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। उनले सलाहको पासमा नै बललाई पोस्को गति दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार