काठमाडौं : शसस्त्र प्रहरी बल नेपालका इन्सपेक्टर सन्तोषी महत झुण्डिएको अवस्थामा मृत फेला परेकि थिईन। सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला बनेकी भन्दै परिवारमा खुसी छाएको थियो ।
बाबु रोगिन्द्र महतले छोरी सन्तोषीले तालिम सफलतापूर्वक सम्पन्न गरेर इन्स्पेक्टरको फुली लगाएको हेर्ने रहर अधुरै भएको छ । उनले इन्स्पेक्टरको फुली लगाएको हेर्ने बुबा नगेन्द्र र आमा कमलाको सपना अधुरो मात्र भएको छैन । जिन्दगीभरलाई पीडा थपेको छ ।
दिदी सविनाले इन्स्पेक्टरमा नाम निकालेकै दिन दिएको आशीर्वाद पूरा हुने छैन । उनीहरूको आशा भरोसामा धक्का लागेको छ । अब छोरी बहिनी सम्झनामा मात्रै रहने भएकी छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न ३ महिना अघि मात्रै पोखरा पुगेकी सन्तोषी महतले झुन्डिएर आत्महत्या गरेकी छन् ।
सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार ब्यारेकको शौचालयको बिममा शनिवार राति साढे ९ बजे झुन्डिएर आत्महत्या गरेकी हुन् ।





