सुक्खा पहिरोले खाँदबारी-किमाथांका सडक अवरुद्ध

२०८१ फाल्गुन १२, सोमबार

खाँदबारी : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार