शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले बुधबार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति गठन गरेको छ ।

‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन गरेर त्यस मातहत रहनेगरी विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको कोषले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पर्वका अवसरमा लाखौँको संख्यामा दर्शनार्थी आउने भएकाले सम्पूर्ण व्यवस्थापनलाई चुस्त बनाउन उपसमिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै बुधबारका लागि सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि सुरक्षा निकायलाई अनुरोध गरिसकिएको तथा पवित्र पाशुपत क्षेत्रमा कानूनद्वारा निषेधित क्रियाकलापहरु नगर्न तथा नगराउनु हुन सबैमा अनुरोध कोषले गरेको छ ।

यस्तै कोषले माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण तथा विक्रि वितरण तथा ओसार पसार नगर्न तथा नगराउन पनि सचेत गराएको छ ।

यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरु मार्फत जारी गरिएको परिचय पत्र (पास) तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्न सक्ने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार