ठमेलमा प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरूविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो। अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, अन्य नेताहरू गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने विद्यार्थीहरू हुन्।

माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए।दुई जना प्रहरीमाथि कुटपिट गरेको भए पनि अभद्र व्यवहारमा मात्रै प्रहरीले मुद्दा दायर गरेको हो।

सरकारी वकिलले उनीहरूलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको माग गरेको छ। यस्तै, कमलराज जोशी, गोपालबहादुर शाही र दिनेश सिग्देलले पटकपटक कसुर गरेको भन्दै थप सजाय माग गरेको छ। उनीहरूलाई दोब्बर सजायको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार