सानिमा रिलायन्स लाइफको प्रधान कार्यालय स्थानान्तरण

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : सानिमा रिलायन्स लाइफले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

कम्पनीको प्रधान कार्यालय अब काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरमा स्थानान्तरण हुने जनाइएको हो । यस अघि कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर तथा वडा नं. १ कमलादीमा रहेको थियो ।

अब सो ठाउँबाट स्थानान्तरण भई आज फागुन १२ गतेदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरबाट सेवा दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार