बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

सोमबारको नियमित कार्यतालिकाअनुसार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अपराह्न ५ बजे बैठक बस्ने तय भएकोमा ढिलागरि बैठक सुरु भएको हो। आजको बैठकमा बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति हुने सम्भावना छ।

त्यस्तै ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने बारे छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार