ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा, को कहाँ ?

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : एकै पटक ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले २,३८५ जना सहायक हवल्दारहरुको सरुवा गरेको हो । प्रहरी उपरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुलाई सरुवा गरिएको हो ।

फागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै उल्लेखित व्यहोरा अवगत गरी आवश्यक कारवाही गर्न विभिन्न कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार