संविधानअनुसार स्वायत्त र संरक्षित प्रदेश बनाउन कांग्रेस-एमाले चाहँदैनन्: प्रचण्ड

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले संविधानमा स्वायत्त प्रदेश, विशेष प्रदेश, संरक्षित प्रदेश हुने कुरा उल्लेख भएको बताए ।

प्रचण्डले भने, ‘यो देशमा हामीले नै लडेर संविधानमा स्वायत्त प्रदेश, विशेष प्रदेश, संरक्षित प्रदेश हुनेछ भनेर लेखिएको छ । तर, कांग्रेस र एमाले त्यो व्यवस्था लागू गर्न चाहँदैनन् ।’

संविधानको व्यवस्थाअनुसार ऐन बनाएर संरक्षित प्रदेशहरू पनि बनाउनुपर्ने उनको भनाइ छ । दाहालले थपे, ‘धिमालहरूको विशेष संरक्षित प्रदेश हुनसक्छ । मेचे कोचको पनि प्रदेश हुनसक्छ । तीनिहरूको बाहुल्य भएको इलाकामा, शेर्पाहरूको प्रदेश हुनसक्छ । कोचेको हुनसक्छ । तर, उनीहरू मान्दैनन्, हामी चाहिँ संविधानको व्यवस्थाअनुसार ऐन बनाएर ती प्रदेशहरू पनि बन्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार