काठमाडौं : नेपाली सेनाका महासेनानी प्रशान्त विक्रम राणा सहायक रथीमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राणालाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णय मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्। सहायक रथीमा बढुवा भएका राणा महासेनानी हुँदा सैनिक नियम पालक (प्रोभोस्ट मार्सल)मा कार्यरत छन्।
२०७७ असार २९ गते राणा महासेनानीमा बढुवा भएका थिए। उनी २०४९ पुस २४ गते सेनामा भर्ना भएका हुन्। सहायक रथी दिपेशजंग शाह उपरथीमा बढुवा भएपछि रिक्त भएको पदमा राणालाई सिफारिस गरिएको थियो।





