मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

२०८१ फाल्गुन १४, बुधबार

झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

मंगलबार दिउँसो १२:५५ को समयमा हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज गाउँपालिका-१ स्थित कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिका-४ का १७ वर्षीय सुरज राजवंशी घाइते ‍भएका थिए।

शरीरको विभिन्न चोट लागेका राजवंशीको उपचारको क्रममा दमक अस्पतालमा २:१५ बज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार