नेपाल ग्रे लिस्टमा परेको जिम्मा ओली, देउवा र दाहालले लिनुपर्छ : राजेन्द्र पाण्डे

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर कम गर्नुपर्ने बताए। सांसद पाण्डेले प्रमुख दलका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए।

नेपाल ग्रे लिस्टमा परेको जिममा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने उनको जिकिर थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार