झापामा रिसाएर हिडेका नारायणकाजीले चितवन पुगेर मागे माफी

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : झापाको एक कार्यक्रममा बोल्न अवरोध गरिएको भन्दै रिसाएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन पुगेर मागे माफी मागेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएपछि बोल्न छोडेको बताए । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए । उक्त घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए  । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने पनि उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार