म्यानमारसँग नेपाल २-० ले पराजित, उपविजेतामा सिमित

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं : घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन।

नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि म्यानमारको बलियो डिफेन्स लाइन तोड्न नसक्दा नेपाल उपविजेतामा सिमित बन्न पुग्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार