बलियो शक्ति भएकैले एमालेमाथि चौतर्फी आक्रमण : लेखराज भट्ट

२०८१ फाल्गुन १५, बिहीबार

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रममा नेता भट्टले मिथ्या आरोप लगाउँदै पार्टीमाथि आक्रमण भइरहेको बताए ।

मिथ्या कुराहरूको प्रतिवाद गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिंदै उनले भने, ‘सामान्य व्यक्ति वा संगठनप्रति कसैको चासो हुँदैन । एमाले सबैभन्दा ठूलो संगठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ ।’

नेता भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता– कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता–कार्यकर्तालाई घर घर पुग्न आग्रह गरेका थिए । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’, सचिव भट्टले भने, ‘जनताको बीचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार