काठमाडौँ : खराब मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि कतार एयरको विमान कोलकाता डाइभर्ट भएको छ।
शुक्रवार बिहान दोहाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार सो विमानमा परराष्ट्रमन्त्री आरजु राणा पनि सवार थिइन्।उनी जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्कँदै थिइन्।





