काठमाडौँ : कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा लेनदेन मुद्दा दायर गरेको छ।
कम्पनीका अनुसार, धुर्मुस–सुन्तली फाउन्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पटक–पटक छड लिएको तर ५२ लाख २ हजार ५५५ रुपैयाँ भुक्तानी नगरिएको भन्दै मुद्दा दायर गरिएको हो।





