बढेको ग्यासको मूल्य उपभोक्तालाई भार नपर्ने

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकले पाँच बुँदे सहमति गरेको हो।

सरकार र ग्यास उद्योगीबीच सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगम र उद्योग संघबीच प्रतिसिलिण्डर १२ रूपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको छ। उक्त कमिसन बढाउँदा उपभोक्तालाई भार नपर्ने निगमले बताएको छ।

त्यसको भार भने आयल निगमले बेहोर्ने छ। हाल निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय ३० रूपैयाँ घाटा बेहोरिरहेकोमा अब कमिसन बढाएसँगै घाटा तीन सय ४२ रूपैयाँ ७५ पैसा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार