फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : कास्की पोखराको फेवातालमा हावाहुरीका कारण फसेका तीनजनाको सकुशल उद्धार गरिएको छ।

पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको फागुन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षका राजन उप्रेती, ४५ वर्षका केशव दाहाल र ४७ वर्षका विष्णुहरि दाहाल प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण फेवातालमा फसेका थिए।

उनीहरू फसेको बारे जानकारी पाउनेवित्तिकै सशस्त्र प्रहरी बल नेपाल  नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार