काठमाडौं : जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । ललितपुरमा तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यद्यपी बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए । उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको बताए ।
अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए ।





