जनयुद्ध दिवसमा बिदा दिनेलाई कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतको फैसलाको उल्लंघन हुनेगरी १ फागुनमा जनयुद्ध दिवसको नाममा बिदा दिएर उनीहरूले अदालतको अवहेलना गरेको निवेदनमा दाबी छ । अधिवक्ता ज्ञानेन्द्र आरण, नेपाली कांग्रेसका नेताहरू कुलबहादुर गुरुङ, विनयध्वज चन्द लगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् ।

उनीहरूले १ फागुनमा जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिनेहरुलाई अवहेलनाको कारबाही हुनुपर्ने माग गरेका छन् । छुट्टाछुट्टै निवेदनमा उल्लेखित विवरण अनुसार ४५ वटा स्थानीय तह र एउटा वडाले जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएका थिए ।

उनीहरुले रोल्पाको सुनछहारी, माडी, सोलुखुम्बुको थुलुङ दुधकोशी, रुकुमको बाफिकोट, काभ्रेको चौरी देउराली लगायतका गाँउपालिकाका प्रमुखलाई विपक्षी बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार