माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ ।

बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो । सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । सापकोटाका अनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार