बाजुरामा बाख्रा चराउन जाँदा लडेर एक जनाको मृत्यु

२०८१ फाल्गुन २१, बुधबार

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए। उनी एक सय मिटर तल खोचमा खसेका थिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार