संसदमा पेश हुने अध्यादेशहरु इतिहास लेख्ने अवसर: सुनिता बराल

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौँ : नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताएकी छिन्।सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रस्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरु निर्णयार्थ सदनमा प्रस्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सिर्जना, व्यावसायिहक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउट अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’ सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार