गाउँपालिका अध्यक्ष गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर

२०८१ फाल्गुन २१, बुधबार

बुटवल : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो । कसैबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो ।

धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । जितेन्द्र र रामा भारत बिहारका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार