हतियार उठाएर हिंसा गर्नेहरूले नै संविधान मास्न खोजेको आरोप लगाउँछन् : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका छन्।

बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताए।

उनले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताए। मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उनले मानवअधिकार विरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लंघन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने धारणा राखे।

नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरूपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ। उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडाभन्दा कडा सजाय दिन सकिने बताए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)द्वारा स्थापित एक लाख राशिको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार