दार्चुलामा जिप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

२०८१ फाल्गुन २१, बुधबार

दार्चुला : दार्चुलामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का २५ वर्षीय महेश भुल रहेका छन्।

आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो। भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताए।

दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार