चार्ज गर्ने क्रममा इभी बसमा आगलागी

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । बसमा रातिमा  चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार