पाल्पाका चार सामुदायिक वनमा डढेलो, निभाउनै कठिन

२०८१ फाल्गुन २२, बिहीबार

पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको डढेलो अझै निभेको छैन। अत्यधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा डढेलोले क्षति भएको छ। डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार