अभिनेत्री गौरी मल्ललाई मातृशोक

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।

हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ । हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार