काठमाडौं : जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का फुस्किएको छ ।
बिहीबार बेलुकी काठमाडौंका लागि उडेको जहाजको चक्का काठमाडौं अवतरण गरिसकेपछि ल्यान्डिङ गियर नरहेको खुलेको हो । जनकपुरबाट पौने ५ बजेट काठमाडौंका लागि उडेको बुद्ध एयरको (एन एएनएच) जहाजको चक्का फुस्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । ‘पोस्ट फ्लाइट जाँच गर्दा नोज ल्याडिङ गियरको एउटा टायर भेटिएन । टायर नभेटिएपछि जनकपुर एयरपोर्टमा खोज्न लगाइयो र जनकपुरको एयरपोर्टको रनवेमा भेटिएको छ’, उनले भने, ‘अहिले जहाजलाई ग्राउन्डेड गरेका छौं ।
सबै जना सुरक्षित छन् । आन्तरिक छानबिन गरिरहेका छौं ।’ यो जहाजमा ६२ यात्रु सवार थिए ।





