ममाथि अन्याय भयो, स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ : डा‌. मिश्र

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौँ : डा‌. संगीता कौशल मिश्रले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूमाथि अन्याय गरेको बताएकी छिन् ।

बुधबार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्रले असन्तुष्टि व्यक्त गरेकी हुन् । डा. रोशन पोखरेल फागुन ११ गते उमेरहदका कारण अवकाशमा गएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रसहित ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले वरीयताका आधारमा डा. मिश्र, डा. देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

नेपाल स्वास्थ्य सेवा ऐन-२०५३ को दफा १९ मा सचिव नियुक्तिसम्बन्धी प्रावधान छ । उक्त प्रावधानमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेका कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ ।

पहिलो नम्बरमा सिफारिस मिश्र हाल मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छिन् । २०५७ सालमा स्वास्थ्य सेवा प्रवेश गरेकी उनी बीचमा ‘ग्याप’ गरेर पुन: खुला प्रतिस्पर्धामार्फत २०७० सालमा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार