नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

आईपीओ आज विहान बाँडफाँट भएको हो । कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए ।  तर भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो भएको छ । कुल आवेदनमध्ये ८ हजार ४५२ जनाको आवेदन भने रद्द भएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरो शेयरबाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट  र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार