काठमाडौं : सरकारले दुई जना सचिवको सरुवा गरेको छ । यही फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव सुमनराज अर्याल र लोकनाथ पौड्यालको सरुवा गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिममन्त्री पृथ्वी सुब्बा गुरुङले अर्याललाई राष्ट्रिय योजना आयोग र पौड्यालाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको बताए ।
सचिव अर्याल अतिरिक्त समूह थिए भने पौड्याल मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय, कर्णाली प्रदेशका प्रमुख सचिव थिए ।





