काठमाडौं : विराटनगरको सहिद रंगशालामा जारी ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लब ललितपुर विजयी भएको छ ।
विराट गोल्डकप ट्रष्टद्वारा आयोजित रात्रिकालीन उक्त प्रतियोगितामा थ्रीस्टार क्लबले गत वर्षको विजेता मच्छिन्द्र क्लबलाई २–१ गोलले पराजित गरेको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारका खेलाडी आशिष चापगाईंले १५ मिनेटमा र दिपेश घलेले २४ मिनेटमा गोल गरेका थिएभने मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले मध्यान्तरपछि ८९ मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार खेलको ‘म्यान अफ दी म्याच’ भएका थ्रीस्टारका दिपेश घलेले ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।





