काठमाडौं : आज दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो २ बजेर ३७ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार तिब्बतमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ र त्यसैको पराकम्प काठमाडौंमा महसुस भएको हो ।





