परिवार बचाउन नसक्ने राजाले देश बचाउँछ ? : सञ्चार मन्त्री गुरुङ

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजतन्त्रको पुनःस्थापनाको मागलाई व्यर्थको कुरा भन्दै प्रतिक्रिया दिएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले भने, ‘मुलुक बचाउन राजा आउ देश बचाऊ भन्ने कुरा नादानी मात्र हो। जुन राजाले आफूलाई बचाउन सकेन, आफ्नो परिवारलाई बचाउन सकेन, दरबारलाई बचाउन सकेन, उसले देश जोगाउन सक्छ ? जनतालाई जोगाउन सक्छ ? सक्दैन भन्ने कुरा बुझ्नुपर्छ।’

उनले अगाडि थपे, ‘त्यस्ता निरर्थक कुरा गर्नेहरूसँग हामीलाई बहस गर्न आवश्यक छैन। समाजलाई फेरि जंगली युगमा फर्काउन खोज्नेहरूसँग हामी लड्नुपर्छ। हामी लोकतन्त्रमा विश्वास गर्छौं। हाम्रा प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री, नगरप्रमुख आफैंले छान्न सक्छौं। राजा जस्तो फुत्त खल्लीबाट झिकेर मुख्यमन्त्री बनाउने कुरा लोकतन्त्रमा सम्भव छैन।’

उनले जनताकै सर्वोच्चताको रक्षा गर्नुपर्ने उल्लेख गर्दै भने, ‘जो लोकतन्त्रविरुद्ध बोल्छ, त्यो जनविरोधी हो, देशविरोधी हो भन्ने बुझ्नुपर्छ।’

हाल देशभर राजसंस्थाको पुनःस्थापनाको पक्षमा आन्दोलन चर्किएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले राजधानी काठमाडौंमा वृहत् मोटरसाइकल र्‍यालीसहितका प्रदर्शन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार