रौतहट : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला-ठूला गलती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।
पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे उनको अस्तित्व नै समाप्त हुने प्रचण्डले चेतावनी दिएका हुन्। हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा शनिबार बिहार मर्निङ वाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिएका छन्।
एक प्रश्नको जवाफमा उनले ‘अब राजसंस्था फर्किन असम्भव छ, हल्लाखल्ला गरिएको छ तर इतिहाँसको जग पछाडि फर्काउन नसकिने’ बताए।








