
काठमाडौं : मोहम्मद सलाहले पेनाल्टीमा दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा सहज जित निकालेको छ।
शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले साउथहेप्टनमाथि ३–१ को सहज निकालेको हो। खेलको पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लिगमा जित दर्ता गरेको हो। पहिलो हाफको इन्ज्युरी समयमा साउथहेप्टनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५१ औँ मिनेटमा डियाज नुनेजको गोलमा लिभरपुल खेलमा फर्किएको थियो।
खेलको ५५ औँ मिनेटमा मोहम्मद सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। सलाहले नै खेलको ८८ औँ मिनेटमा पेनाल्टीमा नै गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए।
जितसँगै शीर्ष स्थानको लिभरपुलले आर्सनलसँग १६ अंकको फराकिलो अग्रता बनाएको छ।