अमेरिकामा हिन्दू मन्दिरमा तोडफोड

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : अमेरिकाको क्यालिफोर्नियाको चिनो हिल्समा रहेको बीएपीएस् हिन्दू मन्दिरमा तोडफोड गरिएको छ।

तोडफोड गरिएको मन्दिरमा आपत्तिजनक नारा पनि लेखिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ। बीएपीएस् अमेरिकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा घटनाको बारेमा जानकारी साझा गरेको हो। अमेरिकी हिन्दू संगठन CoHNA ले पनि घटनाको निन्दा गरेको छ। लस एन्जलसमा हुने कथित खालिस्तानी जनमत संग्रहको केही दिन अघि यो घटना भएको हो।

गत वर्ष पनि अमेरिकामा हिन्दू मन्दिरहरूमा तोडफोडका घटनाहरू भएका थिए। सेप्टेम्बर २५ मा क्यालिफोर्नियाको स्याक्रामेन्टोस्थित श्री स्वामीनारायण मन्दिरमा पनि तोडफोड गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार