मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ फाल्गुन २५, आईतवार

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ। पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार