पोखरा विमानस्थलमा पूर्वराजा, बाजागाजासहित बिदाइ

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन्। उनलाई पोखरा विमानस्थलमा सयौं समर्थकहरू बाजागाजासहित फूलमाला लिएर बिदाइ गर्न भेला भएका छन्। विमानस्थलमा राजावादी समर्थकहरूले ‘राजा आउ, देश बचाऊ’ भन्दै नाराबाजी गरिरहेका छन्। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै विमानस्थलमा प्रहरीले कडा सतर्कता अपनाएको छ।

काठमाडौंमा भने पूर्वराजाको स्वागतका लागि हजारौं समर्थक विमानस्थलमा जम्मा भइसकेका छन्। यसअघि, पूर्वराजा शाहले शनिबार राति पोखरास्थित माउन्ट ग्लोरी रिसोर्टमा आफ्ना निकट व्यक्तिहरूसँग विशेष रात्रिभोज गरेका थिए।

पोखरा बसाइका क्रममा उनले विभिन्न शक्तिपीठहरूको दर्शन समेत गरेका थिए। माघ २७ गते पोखरा पुगेका शाहले विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए भने फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक अनावरण गरेका थिए। त्यसक्रममा केही स्थानीयले नगर परिक्रमा सहित उनको अभिनन्दन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार