पानीट्यांकी सफा गर्ने क्रममा निसासिएर ४ मजदुरको मृत्यु

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : मुम्बईको नागपाडा क्षेत्रमा आइतबार पानी ट्यांकी सफा गर्ने क्रममा निसासिएर चार मजदुरको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्यांकी सफा गर्दा उक्त दुर्घटना भएको हो। निसासिएर बिरामी भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ। निसासिएर १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेखको मृत्यु भएको हो।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कुलनजिकै भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार