पूर्वराजाका गतिविधिले गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं : राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्रका गतिविधिबाट गणतन्त्र र धर्मनिरपेक्षताका साथै जनताको आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको बताएको छ। उसले देशमा प्रतिगमनको खतरा धेरै बढेर गएको कुरा बराम्बर गर्दै आएको पनि बताएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रतिगमनका खतराका विरुद्ध लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई कार्यगत एकता हुन पर्नेमा जोड दिएका छन्। उनले राजावादीको गतिविधि बनाइरहेका बेला राष्ट्रिय सबै परिवर्तनकारी शक्तिलाई कार्यगत एकता हुने विज्ञप्तिमार्फत आह्वान गरेका छन्।

लोकतन्त्रवादी र गणतान्त्रिक शक्ति बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने जनमार्चाको भनाइ छ ।

विज्ञप्तिमा भनिएका छन्, ‘देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौं।’ गठबन्धन वा कार्यगत एकताहरू २०४६ वा २०६२–६३ सालका जनआन्दोलनहरूमा गरिएको केसीले विज्ञप्तिमा जनाएका छन्।

‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो,’ उनले भनेका छन्, ‘त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो। तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गयो र त्यसबाट पनि राजावादीलाई बल पुग्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार